Section 14
परिषद्को काम, कर्तव्य र अधिकार
परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) सार्वजनिक निर्माण कार्यमा गुणस्तर कायम राख्ने सम्बन्धमा आवश्यक नम्र्स् तयार गर्ने,
(ख) सार्वजनिक निर्माण कार्यमा प्रस्तावक र प्रस्ताव स्वीकृतिकर्ता बीच हुने सम्झौतापत्र, करारका शर्तहरु तथा स्पेसिफिकेशन सम्बन्धी नमुना मसौदाको निर्माण तथा विकास गर्ने,
(ग) सार्वजनिक निर्माण कार्यसंग सम्बन्धित वातावरणीय पक्ष लगायतका अन्य विषयहरुमा आवश्यक कोडहरुको निर्माण तथा विकास गर्ने,
(घ) निर्माण व्यवसाय सुदृढ र सक्षम तरिकाबाट सञ्चालन गर्न आवश्यक जनशक्ति उत्पादनको लागि प्र्रशिक्षण तथा तालिम संचालन गर्ने,
(ङ) निर्माण व्यवसायसंग सम्बन्धित विषयमा आवश्यक अनुसन्धान तथा विकास गर्ने,
(च) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न आवश्यक अन्य कार्यहरु गर्ने ।